काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले लुटन टाउनमाथि जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा १-० गोलले पछि परेको म्यानचेस्टर सिटी खेलको दोस्रो हाफमा कमब्याक गर्दै लुटन टाउनलाई २-१ ले पराजित गरेको हो ।
म्यानचेस्टर सिटीको जितमा बेर्नानडो सिल्भा र ज्याक ग्रीलीशले एक एक गोल गरेका थिए । त्यसैगरी लुटन टाउनका लागि एलिजाह अडेबायोले एक गोल गरेका थिए ।
यो जितपछि म्यानचेस्टर सिटीको १६ खेलमा ३३ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ । त्यसैगरी लुटन टाउनको भने यो यस सिजनमा ११औ हार हो । १६ खेलमा ९ अंक रहेको लुटन टाउन लिगमा १८औं स्थानमा रहेको छ ।



