खेलकुद

यू-१९ एशिया कप: आज दुई खेल हुदै

काठमाडौँ । एसीसी यू-१९ एशिया कप अन्तर्गत आज दुई खेल हुदैछन् ।

शुक्रबारदेखि युएईको दुबईमा शुरु भएको यू- १९ एशिया कपमा आज समुह बी अन्तर्गत आयोजक युएई र बंगलादेश तथा जापान र श्रीलंकाबीच खेल हुदैछ । दुवै खेल नेपाली समय अनुसार विहान ११: १५ बजेदेखि शुरु हुने छन् ।

समुह ए अन्तर्गत शुक्रबार भएका खेलमा पाकिस्तान र भारत विजयी भएका छन् । पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको थियो भने भारतले अफगानिस्तानलाई ७ विकेटले नै पराजित गरेको थियो । पहिलो खेलपछि समुह ए मा पाकिस्तान र भारतले २-२ अंक हासिल गरेका छन् । त्यस्तै नेपाल र अफगानिस्तानले भने हारबाट प्रतियोगिताको शुरुवात गरेका छन् ।

नेपालले भने अब आइतबार अफगानिस्तान र मंगलबार भारतसँग खेल्ने तालिका रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *