खेलकुद

गट्टीको गोलमा युभेन्टसको जित

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले नापोलीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले नापोलीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसको जितमा खेलको ५१औ मिनेटमा फेडेरिको गट्टीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि युभेन्टस लिगको शिर्ष स्थानमा उक्लिएको छ । युभेन्टसको १५ खेलमा ३६ अंक रहेको छ ।

त्यसैगरी नापोलीको १५ खेलमा २४ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *