खेलकुद

एनएसएलमा आज वीरगञ्ज युनाइटेड र झापा एफसीबीच प्रतिस्पर्धा

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)मा आज वीरगञ्ज युनाइटेड र झापा एफसीबीच प्रतिस्पर्धा हुँदैछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५ बजेदेखि शुरु दुवै टिम पहिलो जितको खोजीमा हुनेछन् ।

दुवै टिमले प्रतियोगितामा यसअघि तीन/तीन खेल खेले पनि जित निकाल्न सकेका छैनन्। एक अंक जोडेको वीरगञ्ज तालिकाको पुछारमा छ। तीन खेलबाट दुई अंक जोडेको झापा तालिकाको आठौँ ​स्थानमा छ।

वीरगञ्जले दुई खेलमा हार बेहोर्दा एक खेलमा बराबरी खेलेको छ। यता झापाले तीन खेलमध्ये दुईमा बराबरी र एक खेलमा हार बेहोरेको छ।

मंसिर ८ गतेदेखि शुरु भएको प्रतियोगितामा ९ टिम सहभागी छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *