खेलकुद

अस्ट्रेलियाविरुद्धको टी- २० सिरिज भारतको कब्जामा

काठमाडौँ । भारतले अस्ट्रेलियाविरुद्धको टी- २० सिरिज जितेको छ । गएराती सम्पन्न सिरिजको चौथो खेल २० रनले जितेसँगै बह्र्तले ५ खेलको सिरिज एक खेल अगाडी नै ३-१ ले जितेको हो ।

भारतले दिएको १७५ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउदै १५४ रन मात्र बनाएपछि भारत २० रनले विजयी भएको थियो ।

यसअघि भारतले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १७४ रन बनाएको थियो ।

यस सिजनमा भारतले शुरुका दुई खेल जितेको थियो भने अस्ट्रेलियाले तेस्रो खेल जितेको थियो ।

अब सिरिजको अन्तिम खेल आइतबार हुने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *