खेलकुद

विश्वकप लिग-२ : नेपालले नेदरल्याण्ड्स र नामिबियासँग खेल्ने

काठमाडौं । नेपालले आगामी वर्षको फेब्रुअरीमा आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय श्रृंखला आयोजना गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार काठमाडौंमा हुने सिरिज खेल्न नेदरल्याण्ड्स र नामिबिया नेपालमा आउने छन् ।श्रृंखला फेब्रुअरी १७ देखि सुरु हुनेछ ।

सिरिजमा तीन टिमले दुई पटक एकआपासमा भिड्नेछन् भने एक टिमले चार एकदिवसीय खेल खेल्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *