देश

भूकम्पपीडित एक बालिकाको चिसोका कारण मृत्यु

काठमाडौं।जाजरकोटको कुशे गाउँपालिकामा भूकम्पपीडित एक बालिकाको चिसोका कारण मृत्यु भएको छ ।

कुशे गाउँपालिका–१ स्याग्रीका सुनील बादीकी ३ वर्षकी छोरी रक्षाको चिसोको कारण बुधबार राति मृत्यु भएको हो । निमोनियाका कारण बालिकाको मृत्यु भएको कुशे गाउँपालिकाकी उपाध्यक्ष देविकाकुमारी सिंहले बताइन् । गत कात्तिक १७ गतेको भूकम्पले घर चर्किएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएको थियो ।

भूकम्पपीडितका लागि उचित बासस्थान र पर्याप्त खाद्यान्न पुर्‍याउन नसकिएको उपाध्यक्ष सिंहले गुनासोसमेत गरिन् । गत कात्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको थियो ।

सो भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५४ जनाको ज्यान गएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *