काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले मोनाकोमाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले मोनाकोलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।
पिएसजीको जितमा गोन्कालो रामोस, किलीयन एम्बाप्पे, ओसुमान डेम्बेले, भितिन्हा र रण्डल कोलो मुआनीले एक एक गोल गरेका थिए ।
त्यसैगरी मोनाकोका लागि टाकुमी मिनामिनो र फोलारिन बालोगनले एक एक गोल गरेका थिए ।
यो जितपछि पिएसजीको लिगमा १३ खेलमा ३० अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यसैगरी मोनाकोको भने १३ खेलमा २४ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा छ ।




