खेलकुद

युरोकप छनोट : फ्रान्स र ग्रिसको २–२ गोलको बराबरी

काठमाडौँ।युरोकप छनोटमा ग्रिस र फ्रान्सले बराबरी खेलेका छन् । गएराति भएको समूहको अन्तिम खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेका हुन् ।

फ्रान्सका लागि रन्डाल कोलो मौनी र युसुफ फोफनाले एक–एक गोल गरेका थिए । यस्तै, ग्रिसका एनास्तासियोस बाकासेतास र फोटिस लोन्निडिसले एक–एक गोल फर्काएका थिए ।

यो बराबरीसँगै फ्रान्स छनोटका आठ खेलमा सातमा जित हात पार्दै २२ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ भने ग्रिस १३ अंकसहित तेस्रो स्थानमा छ । दोस्रो स्थानमा रहेको जिब्रल्टारको १८ अंक छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *