राजनीति

दुर्गा प्रसाईं र महेश बस्नेतलाई माइतीघरमा कार्यक्रम गर्न रोक

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेत र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई माइतीघर मण्डलमा कार्यक्रम गर्नका लागि रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुवै पक्षलाई माइतीघर मण्डलामा कार्यक्रम गर्न रोक लगाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्य जानकारी दिए ।

एकै दिन यी दुई व्यक्तीले पाटीको तर्फबाट ठूलो मात्रामा पाटीका कार्यकर्ता उर्ताने आक्रोसित अभिव्यक्ती दिएकाले सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै काठमाडौं जिल्ला प्रशासनले मंशिर ७ गते माइतीघर मण्डलामा कार्यक्रम गर्न रोक लगाएको हो । जिल्ला प्रशासन कार्यालयले सोमबार नै दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । छलफलमा आएमा छुट्टाछुट्टै स्थान तोकिदिने तर माइतीघर मण्डलमा कार्यक्रम गर्न भने नदिने आचार्यले जानकारी दिए ।

नजिकै अदालतहररु भएकाले बिरामी बोकेका एम्बुलेन्स ओहोरदोहोर गरिरहने स्थान भएको हुँदा उक्त स्थानमा कसैलाई पनि कार्यक्रम गर्न नदिने काठमाडौँ जिल्ला प्रशासनले जनाएको छ । प्रर्दशनले कुनै पनि पक्षलाई बाधा पु¥याउन नहुने समेत प्रशासनले जनाएको छ । छलफलमा नआई कानुनविपरीतका काम भए कारबाही हुने समेत जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । मंशिर ७ गते देशव्यापी रुपमा युवा संघले सरकार र अराजकतावादीविरुद्ध युवा विद्यार्थीको शक्ति प्रदर्शन र प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान भन्दै माइतीघरमै कार्यक्रम गर्ने तयारी गरेका छन्।

प्रसाईंले कम्बोडियामा लगानी छ भन्दै सार्वजनिक अभिव्यक्ति दिएपछि एमाले प्रसाईंसँग आक्रोसित बन्दै आएको छ । प्रसाईंलाई काठमाडौँमा एक कार्यक्रममा मोसो दलेपछि प्रसाईँ थप आक्रोसित बन्दै आएका छन् । आफूलाई एमाले नेता महेश बस्नेतको योजना मोसो दलिएको प्रसाईंको सार्वजनिक अभिव्यक्ती दिदैँ आएका छन् । महेश बस्नेत कार्यक्रमका लागि झापा जाँदा प्रसाईंको समूहले अवरोध गरेको आरोप लगाएका छन । उनीहरुले अहिले दिएको अभिव्यक्तीले एकअर्को पाटीबीच द्वोन्द्वको अवस्था सिर्जना हुने संकेत देखा परेको छ । यति मात्र होइन देशमा अशान्तिको संकेत समेत देखा परेको छ ।

यस्ता गतिविधिको अन्त्यका लागि सरकारले समयमा नै ध्यान पु¥याउन नसक्ने हो भने आगामी दिनमा देशमा राजनीति दल र जनताकाबीचमा आन्दोलन बढ्ने खतरा बढ्न सक्छ ।