खेलकुद

लेवानडोस्कीको दुई गोलमा बार्सिलोना विजयी

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले आल्भेजलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले आल्भेजलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले दुवै गोल गरेका थिए । खेलको पहिलो मिनेटमै गोल खाएको बार्सिलोनाले खेलको ५३औं र ७८औं मिनेटमा गोल गर्दै खेलमा पुनरागमन जित हासिल गरको थियो ।

त्यस्तै आल्भेजका लागि सामु ओमोरोडियोनले पहिलो मिनेटमै गोल गर्दै बार्सिलोनामाथि दबाब बनाएका थिए ।

यो यस सिजनमा बार्सिलोनाको नवौं जित हो । यो जितपछि १३ खेलमा ३० अंक भएको बार्सिलोना लिगको तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै आल्भेजको भने यो हारपछि १३ खेलमा १२ अंक रहेको छ र लिगमा १५औं स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *