कर्णाली प्रदेश

भूकम्पपीडितलाई ठूलीभेरी नगरपालिकाद्धारा पाँच लाखसहित स्वास्थ्य सामग्री सहयोग

काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितलाई डोल्पाको ठूलीभेरी नगरपालिकाले नगद रु पाँच लाखसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

नगरप्रमुख श्रवणकुमार बुढाले भूकम्प पीडितलाई नगद रु पाँच लाख र स्वास्थ्य सामग्री प्रभावित क्षेत्रमा पठाएको जानकारी दिए । स्थलगत उद्धारमा समेत सहभागी भएका छन् । विपद् परेको बेला हरेक स्थानीय तहका जनप्रतिनिधिले आ–आफ्नो तर्फबाट सकेसम्मको हातेमालो गरेर पीडित नागरिकलाई सान्त्वना दिन आवश्यक रहेको नगरप्रमुख बुढाले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *