समाचार

गाजा क्षेत्रका अस्पताल नजिक हवाई हमला पूर्ण विवरण आउन बाँकी

काठमाडौं । इजरायल–प्यालेस्टाइन युद्धको क्रममा गाजा क्षेत्रका अस्पतालहरु नजिक फेरि पनि आक्रमण भएको छ । विष्फोटबाट भएको क्षतिको विवरण भने आइसकेको छैन ।

तर प्यालेस्टिनी मिडियाहरुलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार गाजाको सबैभन्दा ठूलो अस्पताल अल–शिफाका साथै अल–कुद्स, र इन्डोनेसियन अस्पतालहरु नजिक विष्फोटका ठूला आवाज सुनिएको छ । प्यालेस्टिनी चरमपन्थी समूह हमासले अल–कुद्स अस्पताल नजिक इजरायलले हवाई हमला गरेको भन्दै एक भिडियो सार्वजनिक गरेको छ ।

यसअघि गाजा क्षेत्रको अल–अहली अल–अरबी बाप्टिस्ट अस्पतालमा रकेट आक्रमण हुँदा पाँच सय जनाको मृत्यु भएको थियो । यो आक्रमणको दोष इजरायली सेना र हमासले एकअर्कालाई लगाउँदै आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *