समाचार

धादिङ भूकम्पपछि सिम्लेमा सुख्खा पहिरो, तीन घर जोखिममा

काठमाडौं । आइतबार बिहान ७ः ३९ बजे धादिङको ज्वालामुखी गाउँपालिका ५ खरी केन्द्रबिन्दु भएर गएको भूकम्पबाट धादिङमा ठाउँठाउँमा पहिरो खसेपछि केही घरहरु जोखिममा परेका छन् । नवरात्रको महाष्टमीका दिन घरघरमा पूजाआजा गरी खसीबोका मार हान्ने तयारीमा रहेका रहेका नागरिकहरु भुकम्प जान थालेपछि त्रसित बनेका हुन ।६.१ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

पहिलो भूकम्प गएपछि पुनः पटकपटक भुकम्पको धक्का आउन थालेपछि स्थानीवासीहरुमा त्रसित बनेका छन् । आइतबार बिहान ८ः ०८ बजे ४ः२ म्याग्निच्यूडको, ८ बजेर २८ मिनेटमा ४.३ र ८ः५९ मा ४.१ म्याग्निच्यूडको पराकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका एसपी गौतम मिश्रका अनुसार भूकम्पबाट मानवीय क्षति भने भएको छैन्
६र७ वटा घरहरू चर्केको भन्ने खबर आएको र अन्य क्षति नभएको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिए ।

भूकम्पका कारण खरीको सिम्ले आसपासमा सुख्खा पहिरो खसेको र बूढीगण्डकीको तटीय क्षेत्रमा ठाउँठाउँमा जमिनमा चिरा परेको स्थानीयवासीले जनाएका छन् ।

सुख्खा पहिरो खसेर केही ठाउँमा घर जोखिममा भएपनि जनधनको क्षतिबारे केही सूचना नआएको ज्वालामुखी गाउँपालिका–५ का पूर्वअध्यक्ष कृष्ण काप्रीले जानकारी दिए । उनका अनुसार दई ठाउँमा ठूलो सुक्खा पहिरो खसेको र तीन घर जोखिममा परेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *