कोशी प्रदेश

कोशीका मुख्यमन्त्री कार्की काठमाडौँमा शिर्ष नेताहरुसँग भेटघाटमा व्यस्त

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री काठमाडौं आएका छन् । बुधबार विश्वासको मत लिएका मुख्यमन्त्री कार्की बुधबार साँझ नै काठमाडौँ आएका हुन् । काठमाडौं ओर्लेपछि कार्कीे कांग्रेसका शीर्ष नेताहरुसँग भेटघाट र संवादमा जुटेका छन् । उनले बिहीबार नै कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालालाई भेटेर कोशीको अवस्थाबारे जानकारी गराइसकेका छन् ।

नयाँ समिकरणअनुसार मुख्यमन्त्री बनेका कार्की सरकार विस्तारबारे दबाबमा छन् । सुरुमै एमालेका एक मन्त्री नियुक्त गरेका कार्कीलाई केन्द्रीय सत्ता गठबन्धनले एमालेलाई सरकारमा सहभागी गराएकोमा सकरात्मक रुपमा हेरेको छैन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *