खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी दुई दिनपछि समपर्कमा आएका छन् । असोज २८ गतेबाट गाउँपालिकालाई जानकारी नगराई सम्पर्कबिहीन बनेका प्रशासकीय अधिकृत सरोज रेग्मी सामाजिक सञ्जाल फेषबुकबाट आफुले पोष्ट गरेको अविव्यक्ति ७औ पटक सच्याउदै सार्वजनिक सम्पर्कमा आएको गाउँपालिका प्रमूख लोकेन्द्र राईले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष राईले बुधबार कार्यालय समयमा गाउँपालिकाको कार्यालयमा हाजिर भई नागरिकको सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । अधिकृत रेग्मीले सामाजिक संजालमार्फत तलब भत्ता र सामाजिक सुरक्षा लगाएतका धेरै भुक्तानी दिइसकेको र कसैको दबाबमा परेर गैरकानुनी भुक्तानी नदिने बताएका छन् ।
उनले सामाजिक संजालमा गरेको पोस्ट अनुसार राजनीति दलहरुले हस्तक्षेप गरेर अधिकृतलाई गैरकानुनी भुक्तानी दिन प्रेसर गरेकाले सम्पर्कबिहीन बनेको बुझिएको छ । गाउँपालिकाको प्रशाकीय अधिकृतले यस्तो प्रेसर गरेको अवस्थमा नाम किटानी गरेर सार्वजनिक गर्न सक्नुपर्छ तर सम्पर्कबिहीन भने हुनु उचित होइन ।
हालै सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत रेग्मी निमित्त नतोकी तथा बिना जानकारी सोमबार बिहानै घर हिँडेपछि सबै काम रोकिएको गाउँपालिकाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको थियो । अधिकृत रेग्मीले यसरी रानीतिदलहरुले वा व्यक्ती गैरकानुनी भुक्तानी दिन बाध्य पारेको अवस्थामा सामाजिक संजालमार्फत मिडियालाई र संम्बन्धित निकायलाई जानकारी गराउँनुपर्छ । प्रशाकीय अधिकृतले गैरकानुनी भुक्तानी कसैको दबबामा परेर दिनु उचित हुँदैन ।







