कोशी प्रदेश

कोशीका मुख्यमन्त्रीले मागे विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत मागेका छन् । मुख्यमन्त्री कार्कीले आज (बुधबार) बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै विश्वासको मत मागेका हुन् ।

संघीयता र लोकतान्त्रिक गणतन्त्रलाई बचाउनका लागि संकल्प आवश्यक रहेको बताउँदै उनले विश्वासको मत मागे । ‌सरकार गठनको अन्तिम विकल्पका आधारमा आफुलाई विश्वास गरेर मुख्यमन्त्री नियुक्त गरेको बताउँदै उनले राज्यका हरेक निकायमा जनताको पहुँच पुर्याउनका लागि काम गर्ने बताए । विकासलाई ध्यानमा राखेर काम गर्ने बताएका उनले आफ्नो पक्षमा विश्वासको मत दिन प्रदेश सांसदहरुलाई आग्रह गरे ।

प्रदेशसभामा कार्कीलाई राप्रपा र जसपा बाहेकका दलले विश्वासको मत दिने निर्णय गरेका छन् । ६ सिटको राप्रपाले विपक्षमा मतदान गर्ने निर्णय गरेको छ भने जसपा तटस्थ बस्ने बताएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *