कोशी प्रदेश

कोशी प्रदेश सभा बैठक आह्वान

काठमाडौं।कोशी प्रदेश सभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको छ ।

प्रदेश सभा सचिवालयले सोमबार एक सूचना जारी गर्दै कात्तिक १ गते बुधबार दिनको ११ बजेका लागि बैठक बस्ने सूचना जारी गरेको हो ।

कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्ति भएसँगै प्रदेश सभा बैठक बोलाइएको हो । कार्कीले आइतबार पद तथा गोपनीयताको सपथ लिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *