काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट कोशी प्रदेशसभा सदस्य केदार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्री दाबी गरेका छन्। बिहिबार कार्कीले नेकपा एमालेका ४० र उनकै दलको ७ जनाको सांसदको समर्थन लिएर मुख्यमन्त्री दाबी पेस गरेका हुन्। अहिले प्रदेश प्रमुख परशुराम खापुङ समक्ष बहुमत दाबी पेस गरेको उनले जानकारी दिए ।
कोशी प्रदेश सरकार गठनका लागि बहुमत ४७ सांसदको समर्थन लिएर उपधारा ५ अनुसार मुख्यमन्त्रीको दाबी पेश गर्न प्रदेश प्रमुख कार्यालय पुगेको उनको भनाइ छ । कार्काीलाई मुख्यमन्त्री बन्नका लागि एमाले र कांग्रेसकै सांसदको समर्थन गरेका छन् ।
कोशी प्रदेशमा कांग्रेसका ८ र उपसभामुखसहित एमालेका ४० सांसद छन् । बहुमतका लागि ४७ सांसद आवश्यक हुन्छ । एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित कार्की प्रमुख प्रमुखको कार्यालयमा पुगेका हुन् । उपसभामुखसहित एमालेका ४० सांसद छन् । बहुमतका लागि ४७ सांसद आवश्यक हुन्छ ।
कार्कीसहित उदयपुरका रामकुमार खत्री, इलामका शमशेर राई र गोविन्द गिरी, धनकुटाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू, सुनसरीका सुनिता गुरुङ र उदयपुरकै लीलाकुमारी राईले हस्ताक्षर गरेका छन् । यसअघि काँग्रेसको संसदीय दलमा भएको निर्वाचनमा कार्कीले ९ मत नै ल्याएका थिए । त्यसबेला उनलाई समर्थन गरेका भोजपुरका विनोद वान्तवाले हस्ताक्षर गरेरन् ।




