देश

रिगललाई माफी दिएको रिटमाथि पूर्ण इजलासमा सुनुवाई हुदै

काठमाडौं । रिगल भनिने योगराज ढकाललाई सजाय माफी दिने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णयविरुद्ध पत्नी भारती मानन्धरले दायर गरेको रिटमाथि आज पूर्ण इजलासमा सुनुवाइ हुँदैछ । उक्त मुद्दाको सुनुवाइका लागि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू आनन्दमोहन भट्टराई र कुमार रेग्मी सम्मिलित पूर्ण इजलास तोकिएको हो ।

भारतीको रिटमाथि प्रारम्भिक सुनुवाइको क्रममा असोज १८ गते न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले विभिन्न प्रश्न उठाउँदै विपक्षीलाई मिति र समयसमेत तोकेर लिखित जवाफ मागेको थियो ।

अदालतले रिट निवेदनमा उठाइएका कानूनी जटिलता र महत्वको विचार गर्दै पूर्ण इजलासमा पेश गर्न र यसलाई अग्राधिकार दिएर आजका लागि गते सुनुवाइको लागि पेशी चढाउनसमेत शर्तसहित आदेश दिएको थियो ।

अदालतले सो रिट निवेदनको टुंगो नलागेसम्म निवेदक भारती मानन्धर र उनको परिवारका सदस्यलाई सुरक्षा प्रदान गर्नसमेत गृहमन्त्रालयलाई लेखेर पठाउन आदेश दिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *