देश

उपराष्ट्रपति यादवलाई डेंगु, अस्पताल भर्ना

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई डेंगु संक्रमण भएपछि अस्पताल भर्ना भएका छन् । उनी बिहीबार सिभिल अस्पताल भर्ना भएका हुन् ।

यादवको सिभिल अस्पतालमा उपचार भइरहेको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले यादवको स्वास्थ्यलाभको कामना गरेका छन्।

राष्ट्रपतिको सचिवालयका अनुसार पौडेलले टेलिफोन गरी उपराष्ट्रपति यादवलाई स्वास्थ्यलाभको कामना गरेका हुन् । यादव केही समयअघि मात्र चीनको भ्रमण पूरा गरी स्वदेश फर्केका थिए ।

त्यसलगत्तै उनी तराई भ्रमणमा गएका थिए । स्वास्थ्य मन्त्रालयका अनुसार केही दिनयता काठमाडौंमा डेंगु संक्रमण बढ्दै गएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *