देश

‘रिगल’लाई आममाफी दिने निर्णयविरुद्धको मुद्दामा आज सुनुवाइ हुने

काठमाडौँ।नेपालगञ्जका चेतन मानन्धर हत्याको ज्यान मुद्दाका अभियुक्त योगराज ढकाल ‘रिगल’ को कैद मिनाहाविरुद्ध सर्वोच्चमा दायर रिटमा आज सुनुवाइ हुँदैछ ।

रिगलले खुँडा प्रहार गरी हत्या गरिएका चेतनकी श्रीमती भारती शेर्पा (मानन्धर)ले दायर गरेको रिटमाथि आज सुनुवाइ हुन लागेको हो ।

यसअघि गत बिहीबार सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्माको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै माफी दिने निर्णयमा गम्भीर चासो देखाएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *