खेलकुद

इजराइलबाट मध्यराति नेपाल आइपुगिन् फुटबलर ‘साम्बा’

काठमाडौं । व्यावसायिक फुटबल खेल्न इजरायल पुगेकी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ स्वदेश फर्किएकी छन् ।

सावित्रा बुधबार मध्यराति इजरायलबाट नेपाल आइपुगेकी हुन् । उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेस शाहले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । सावित्रा यसै सिजन इजरायली क्लब हापोएल रानानामा अनुबन्ध भएकी हुन् । एसियाली राष्ट्र भए पनि युरोपेली पुटबल महासंघमा आबद्भ भएकोले सावित्रा युरोपियन लिगमा खेल्ने पहिलो नेपाली खेलाडी समेत हुन् ।

अहिले हमासको आक्रमणका कारण इजरायलमा घरेलु तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गरिएको छ । त्यसैले सावित्रा घर फर्किएकी हुन् । हमासको आक्रामणमा १० नेपालीको मृत्यु भइसकेको छ । यस्तै धेरै नेपाली असुरक्षित रुपमा दिनरात कटाइरहेका छन् । जोखिममा परेका नेपालीलाई नेपाल सरकारले उद्धार गर्ने काम थालेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *