खेलकुद

क्रिकेट विश्वकपमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाको भिडन्त

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकपमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच भिडन्त हुदैछ । यो खेल भारतको लखनउस्थित अटलबिहारी बाजपेयी एकाना क्रिकेट स्टेडियममा नेपाली समय अनुसार अपराहन्न २: १५ बजेदेखि शुरु हुने छ ।

जारी विश्वकपमा दुवै देशले यो दोस्रो खेल खेल्दैछन् । दक्षिण अफ्रिकाले आफ्नो पहिलो खेलमा श्रीलंकालाई पराजित गर्दै विजयी शुरुवात गरेको थियो भने अस्ट्रेलिया आफ्नो पहिलो खेलमा भारतसँग हार बेहोरेको थियो ।

अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच अहिलेसम्म १०८ एकदिवसीय अन्तराष्ट्रिय खेल भएका छन् । जसमा दक्षिण अफ्रिकाले ५४ जित हासिल गरेको छ भने अस्ट्रेलियाले ५० खेलमा जित हासिल गरेको छ । त्यसैगरी एक खेलको कुनै नतिजा आएको थिएन भने ३ खेल बराबरीमा रोकिएका छन् ।

त्यसैगरी पछिल्ला पाँच खेलमा दक्षिण अफ्रिकाले पछिल्ला तीन खेलमा अस्ट्रेलियालाई पराजित गरेको छ, जसको मनोवैज्ञानिक फाइदा यस खेलमा उसलाई हुने देखिन्छ ।

अष्ट्रेलियाको सम्भावित प्लेइङ ११ : डेभिड वार्नर, मिचेल मार्स, स्टिभन स्मिथ, मार्नस लाबुस्चेन, क्यामरुन ग्रीन, एलेक्स क्यारी (विकेटकिपर), ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, प्याट कमिन्स (कप्तान), जोश हेजलवुड र एडम जाम्पा ।

दक्षिण अफ्रिकाको सम्भावित प्लेइङ ११ : टेम्बा बाभुमा (कप्तान), क्विन्टन डी कक (विकेटकीपर), हेनरिक क्लासेन, एडेन मार्कराम, डेभिड मिलर, लुंगी एनगिडी, कागिसो रबाडा, केशब महाराज, कागिसो रबाडा, गेराल्ड कोएत्जी र मार्को जेन्सेन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *