देश

हमासको आक्रमणमा परी घाइते भएका २ नेपाली विद्यार्थी डिस्चार्ज

काठमाडौँ । हमासको आक्रमणमा परी घाइते भएका २ जना नेपाली विद्यार्थी डिस्चार्ज भएका छन् । परराष्ट्र मन्त्रालयमा प्रवक्ता सेवा लम्सालले गरेको पत्रकार सम्मेलनमा उनले दुई नेपाली डिस्चार्ज भएको जानकारी गराइन् ।

हालसम्म ३५० भन्दा बढीले इजरालयस्थित नेपाली दूतावासकाे सम्पर्कमा आएका छन् । त्यसमध्ये २८८ जना नेपाल फर्किन चाहेको बताइन्।

लम्सालले घाइतेको उपचार जारी रहेको, घर फर्किन चाहनेको लागि उद्धारको कार्यमा गम्भीर रूपमा लागेको बताइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *