देश

पहिलो चरणमा इजरायलबाट २२८ जनालाई नेपाल ल्याइने

काठमाडौं । सरकारले चार्टर विमानबाहेक नियमित उडानको टिकट काटेर पनि इजरायलबाट उद्धार गर्ने भएको छ ।

इजरायलमा जारी युद्धको विषयमा नेपालीलाई उद्धार गर्ने विषयमा परराष्ट्र पन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गर्दै आज नेपला एयरलाइन्सको विमान इजरायल जाने र अहिलेसम्म स्वदेश फर्किन इच्छुक २२८ जनालाई फिर्ता ल्याउने जानकारी दिदै अन्य नेपालीफर्किन चाहेमा नियमित उडानमा टिकट काटेर समेत ल्याउने बताएको हो ।

सो अवसरमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले इजरायलमा रहेका नेपालीमध्ये २८८ जना स्वेश फर्किन इच्छुक रहेको बताएकी छन् । उनले भनिन्- ‘२८८ जना नेपाली इजरायलबाट फर्किन इच्छुक हुनुहुन्छ । २५० जना बोक्ने जहाज आज जाँदैछ ।’

यसैबीच सरकारले इजरायलमा सम्पर्कविहीन भएका विपीन जोशीको खोजी कार्यमा इजरायल सरकारले प्राथमिकताका साथ गरिरहेको जानकारी गराएको छ । त्यसैगरी घटनामा मृत्यु भएका १० जना विद्यार्थीको शव नेपाल छिटो ल्याउन पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस्तै इजरायलमा उपचाररत दुई नेपाली अस्पतालबाट डिस्चार्ज भएको समेत मन्त्रालयले जानकरी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *