राजनीति

कोसी प्रदेशको अस्थिरता सिङ्गो संघीयताको असफलता हो : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले कोसी प्रदेशको अस्थिरता सिङ्गो संघीयताको असफलता भएको बताएका छन । थापाले बुधबार सामाजिक संजालमा एक पोष्ट गर्दै यस्तो बताएका हुन् ।

अस्थिरता,अराजकता र भ्रष्टाचारको अखडा बनेको प्रदेश संरचनाको काँध थाप्ने काम नगर्न समेत सबैलाई आग्रह गरेका छन । अझ संघीयताको विरुद्धमा उभिने प्रतिवद्धतासहित भोट मागेकाहरुले त संघीयता ढाल्ने यो अवसरलाई प्रयोग गर्नुपर्छ उनले लेखेका छन्,‘देशले धान्ननसक्ने संघीयता खारेज गरौँ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *