देश

इजरायल हमला : सरकारकाबाट भएको प्रयासबारे जानकारी उपलब्ध गराउन सरकारलाई आयोगको पत्राचार

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले इजरायल हमलामा अहिले सम्मको नेपाल सरकारको तर्फबाट हालसम्म भएको कार्यको यर्थाथ जानकारी उपलब्ध गराउन सरकारलाई पत्रचार गरेको छ ।

आयोगले बुधबार एक विज्ञप्ती जारी गर्दै नेपाल सरकारलाई पत्राचार गरेको हो । आयोगले शान्ति सुरक्षाको अवस्था चिन्ताजनक रहेको, हमलामा परी दश जना नेपालीहरुको दुःखद निधन भएको, केही घाइते भएको र केही असुरक्षित अवस्थामा रहेको जानकारी आयोगलाई प्राप्त भएको जनाएको छ । हमलामा परी दुःखद निधन भएका मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति आयोगले समवेदना प्रकट गरेको छ ।

विश्वको जुनसुकै मुलुकमा र जुनसुकै अवस्थामा रहेका भए पनि नेपाली नागरिकहरुको मानव अधिकारको सम्मान तथा संरक्षण गर्नु सरकारको दायित्व हुन्छ । अतः इजरायलमा भएको हमलामा परी निधन भएका नेपालीहरुको शव यथाशीघ्र स्वदेश ल्याउन, घाइतेहरुको स्वास्थ्योपचार गर्ने व्यवस्था मिलाउन, बेपत्ता रहेका नेपालीहरुको तत्काल खोजी गर्न, अप्ठ्यारोमा परेकाहरुको उद्धार एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न, पीडित एवं पीडित परिवारलाई राहतको व्यवस्था गर्न र स्वदेश फर्किने चाहना भएका नागरिकहरुलाई स्वदेश फर्काउनका लागि प्रभावकारी पहल गरी नागरिकको मानव अधिकारको सम्मान तथा संरक्षण गर्न समेत आयोगले पत्रमा अनुरोध गरेको बुधबार जारी गरेको विज्ञपतीमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *