देश

रिगललाई पुन जेल फर्काउन माग गर्दै काठमाडौंँमा प्रदर्शन

काठमाडौं । चेतन मानन्धरको हत्या गरेका योगराज ढकाल ‘रिगल’ को कैद सजाय कट्टा गरेको विरोधमा बुधबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन भएको छ । रिगललाई चेतन मानन्धरको हत्या गरेको आरोप लागेको छ । उनललाई संविधान दिवसको दिन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधान दिवसको अवसरमा रियलको बाँकी कैद सजाय कट्टा गरेका थिए ।

केही दिन अघिदेखी मानन्धरकी पत्नी भारती शेर्पा पक्षधरहरुले रिगललाई पुनः जेल फर्काउन सरकारलाई चेतावनी मुलक प्रर्दशन जारी राखेकै बेला बुधबार पनि युवा अभियन्ताहरूले दबाब पूर्ण प्रदर्शन गरेका छन् । राष्ट्रपतिको राजीनामा माग्दै नारा लगाएर उनीहरू माइतीघरदेखि बानेश्वरसम्म शान्तिपूर्ण खबरदारी तथा विरोध र्‍यालीको आयोजना गरेका छन् ।

सर्वोच्च अदालतले राष्ट्रपतिको निर्णयविरुद्ध परेको रिट निवेदनका सम्बन्धमा विपक्षीसँग लिखित जवाफ माग गरेको छ । साथै उक्त रिट निवेदनलाई पूर्ण इजलासमा सुनुवाइ हुने गरी पेसी तोक्नसमेत आदेश भएको छ ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले रिट निवेदकको माग बमोजिम उत्प्रेषणको आदेश किन जारी हुन नपर्ने हो भन्नेबारे मनासिब कारण भए यही असोज २४ गते साँझ ५ बजेभित्र लिखित जवाफ पेस गर्न पनि राष्ट्रपति कार्यालयका नाममा आदेश गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *