राजनीति

कोशी सरकारबारे निर्णय गर्न राप्रपाद्धारा बैठक आह्वान

काठमाडौं । कोशी प्रदेशको सरकार गठनवारे निर्णय गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा्र)ले शुक्रबारका लागि पदाधिकारी बैठक बोलाएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहान ८ बजे बैठक बस्ने तय भएको प्रचार विभाग प्रमुख एवं प्रवक्त मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

कोशीमा नयाँ सरकार गठनको दाबीका लागि शुक्रबार नै साँझ ५ बजेसम्मका लागि प्रदेश प्रमुखले समय दिएकाले राप्रपाले शुक्रबार नै ठोस निर्णय दिने जनाएको छ । कोशीमा राप्रपाका ६ सांसद छन्। नेपाली कांग्रेससहित गठबन्धनका ४ दल -नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका ४७ सांसद छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *