विश्व

४५ वर्षको उमेरमा बालबालिकासँग अध्ययन गर्दै खनाल

काठमाडौं । अध्ययनले कसैलाई बुढो भन्दैन भन्ने विषयलाई आत्मासाथ गर्दै अहिले घोराही उपमहानगरपालिका–१५ भिङ्रेली चोककी सीता खनाल दाङको घोराही उपमहानगरपालिका–१८ स्थित श्री माद्यामीक विद्यालय रझेनामा कक्षा ७ मा अध्यनरत छिन् ।

तीस वर्ष पहिले अर्घाखाँचीको धारपानी स्कुलबाट उनले कक्षा ५ उत्तिर्ण गरेकी थिइन् । मानिसका हेरक परिस्थिति हुन्छन् त्यही परिस्थितिका कारणले गर्दा समयमा नै उच्च शिक्षा हासिल गर्नबाट बञ्चित भएकी खनाल अहिले समय मिलेको भन्दै १२ कक्षा सम्म पढ्ने धोको सहित ४५ वर्षको उमेरमा कक्षा ७ मा अध्ययन गरिरहेकी छिन् ।

मानिसको जिवनमा हेरक मोडमा विभिन्न चुनौती थपिन गर्छन तर भित्रि इच्छा भएपछि ढिलो चाँडो देखेका सपनाहरु पुरा हुन्छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *