काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आज भारत र अफगानिस्तानबीच खेल हुदै छ । यो खेल दिल्लीस्थित अरुण जेटली स्टेडियममा नेपाली समय अनुसार अपराहन्न २: १५ बजेदेखि हुदै छ ।
जारी विश्वकपमा भारतले पहिलो खेलमा अस्ट्रेलियालाई पराजित गर्दै शानदार शुरुवात गरेको छ भने अफगानिस्तान आफ्नो पहिलो खेलमा बंगालदेशसँग पराजित भएको थियो ।
भारत र अफगानिस्तानले अहिलेसम्म एकदिवसीय अन्तराष्ट्रिय खेलमा केवल ३ खेल खेलेका छन् । जसमा भारतले २ खेल जितेको छ भने एक खेल टाई भएको थियो । यी दुवै देश एकदिवसीय अन्तर्राष्ट्रिय खेल २०१९ को जुनपछि पहिलो पटक खेल्न लागेका छन् ।
यस खेलमा भारतका लागि शुभमन गिल उपलब्ध हुने छैनन् । डेंगु भएर उपचारत गिलले भारतको अस्ट्रेलियाविरूद्धको खेल पनि गुमाएका थिए ।
घरेलु दर्शक अगाडी विश्वकप खेलिरहेको भारतीय टिम फर्म देखिएको छ भने अफगानिस्तानले एकदिवसीय खेलमा भारतलाई पराजित गर्न ठुलै मिहिनेत गर्नुपर्ने देखिन्छ । पहिलो खेलमा बंगालदेशविरुद्ध ब्याटिंगमा फेल भएको अफगानिस्तानले भारतलाई चुनौती दिन राम्रो ब्याटिंग गर्नुपर्ने हुन्छ ।
भारतको सम्भावित प्लेइङ ११- रोहित शर्मा (कप्तान), इशान किशन, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, आर अश्विन, कुलदीप यादव, जसप्रित बुमराह र मोहम्मद सिराज ।
अफगानिस्तानको सम्भावित प्लेइङ ११- हस्मातुल्लाह शाहिदी (कप्तान), रहमानउल्लाह गुरबाज, इब्राहिम जद्रान, रहमत शाह, नजिबुल्लाह जद्रान, अज्मातुल्लाह ओमरजाई, राशिद खान, मोहमद नावी, मुजीब उर रहमान, फजलहक फारुकी, र नवीन उल हक ।




