राजविराज । अनुसन्धानका नाममा व्यापारीलाई पटक-पटक दु:ख दिएको भन्दै राजस्व अनुसन्धान कार्यालय इटहरीबाट खटिएको टोलीलाई सिरहाको मिर्चैयामा स्थानीयले ढुंगामुढा गरेका छन् ।
एउटा व्यापारीको गोदाममा गएको टोलीमाथि मंगलबार ढुंगामुढा भएको हो ।टोलीलाई सुरक्षा दिएर मिर्चैयाबाट पठाएको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी रवीन्द्रराज पाण्डेले बताए ।




