काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेपाल भ्रमणको निम्तामा नेपाल आउन लागेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसको नेपाल भ्रमण स्थागित भएको छ। उनको भ्रमण छिट्टै हुने सरकारले जानकारी गराएको छ। इजरायलको पछिल्लो घटनाले राष्ट्रसंघको ध्यान त्यता केन्द्रित गर्न परेको कारण आगामी असोज २६ मा हुने भनिएको उनको भ्रमण तत्कालका लागि रद्द गरिएको हो।
महासचिव चीन भ्रमणमा जानु अघि नेपाल आएर यतैबाट चीन जाने तयारी थियो। उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रसङ्घ महासभामा सहभागी हुँदा नेपाल भ्रमणको निम्ता गरेका थिए।




