देश

गेस्ट हाउसमा १७ वर्षीया किशोरी मृत अवस्थामा फेला, घटना स्थलमा विषको बट्टा

काठमाडौं । काठमाडौंको सुन्धारास्थित एक गेस्ट हाउसमा १७ वर्षीया युवती मृत फेला परेकी छिन् । ललितपुरको इमाडोल स्थायी ठेगानमा भएकी महिला गेस्ट हाउसमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार श्रीगुरु गेस्ट हाउसमा असोज ८ देखि बस्दै आएकी किशोरी भएको कोठामा विषको बट्टा पनि फेला परेको छ । प्रेमीले पैसा सकिएर आइतबार आफू बाहिर निस्किएको र सोमबार बिहान गएर हेर्दा कोठामा मृत भेटिएको बयान दिएका छन् । अहिले शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको काठमाडौंं प्रहरीले जनाएको छ ।

मंगलबार राउतको परिवारले प्रेमीविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी दिएको छ । लगत्तै प्रहरीले प्रेमीलाई पक्राउ गरेर अनुसन्धान थालेको छ । काठमाडौं प्रहरीका अनुसार, उनलाई हिरासतमा राख्न अनुमति लिन अदालतमा पुर्‍याइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *