देश

लुम्बिनी अर्थमन्त्री मास्कि सवार गाडी दुर्घटना

दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी सोमबार दुर्घटनामा परेको छ ।

सडकमा एक्कासी आएको बच्चालाई चालकले बचाउन खोज्दा दुर्घटना भएको अर्थमन्त्रीका प्रेस सल्लाहकार दीपक बोहोराले जानकारी दिए ।

लु १ झ ७३८ नम्बरको गाडी तुलसीपुर उपमहानगरपालिका–१२ शीतलपुरमा कार्यक्रम सकेर फर्किँदै गर्दा गाडी दुर्घटनामा परेको हो । सडकमा एक्कासी बच्चा आएपछि बचाउने क्रममा गाडी सडक छेउको नालामा पुगेको हो।

बोहराका अनुसार गाडीमा भएकाहरूलाई सामान्य चोटपटक लागेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *