बागमती प्रदेश

बागमती प्रदेशसभा बैठक बस्दै

हेटौँडा।बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे प्रदेशसभा भवन हेटौँडामा बस्नेछ ।

बैठकमा दुईवटा विधेयक छलफलका लागि पेस हुने बागमती प्रदेशसभा सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

यसअघि यही असोज १७ गते बुधबार बैठक बसेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको थियो ।

बागमती प्रदेशसभामा चिट्ठा विधेयकले केही विवाद सिर्जना गरेको छ । सरकारले प्रस्तुत गरेको सो विधेयकलाई बैठकमा प्रतिपक्षी सदस्यले विरोध जनाउँदै आएका छन् ।

सदस्यलाई पूर्वजानकारी नै नदिई सरकारले सिधै चिट्ठा विधेयक टेबुल गर्न खोजेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध गर्दै आएको छ ।

बागमती प्रदेशसभामा हाल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी एक सय १० जना प्रदेशसभाका सदस्य रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *