कोशी प्रदेश

बाढी प्रभावित क्षेत्र कागबेनी पुगे गण्डकीका मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे कागबेनी पुगेका छन् ।

गत साउन २८ गते राती कागबेनीमा भिषण बाढी गएपछि त्यसको स्थलगत अध्ययन र अवोलकनका लागि उनी मुस्ताङको कागवेनी पुगेका हुन ।

हिमाल पारीको जिल्लामा अचानक आएको उक्त बाढीले दर्जनौं घर तथा संरचनाहरु क्षति हुन पुगेको छ, जसमध्ये २ वटा बैंक पनि बगाएको थियो ।

अहिले स्थानीयहरु पुनः निर्माणमा जुटिरहेको बेला पुगेका मुख्यमन्त्री पाण्डेसँग सहयोगका लागि अनुरोध गरेका छन ।

प्रारम्भिक अनुमान अनुसार बाढीबाट करिव ३ अर्वभन्दा बढीको क्षति भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *