काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्वका लागि मतगणना सुरु भएको छ । अध्यक्षका उम्मेदवार गुलावजंग शाहले सुरुवाती अग्रता लिएका छन् ।
निर्वाचन कमिटीका अनुसार १०० मत गन्दा शाहले ५२ मत प्राप्त गर्दै अग्रता लिएका हुन् । अध्यक्षका अर्को उम्मेदवार मीनबहादुर शाहीले ३८ मत प्राप्त गरेको छन् ।
अध्यक्षको उमेदवारी दिएका प्रकाश रोकायाले २ मत पाएका छन् । यस्तै उपाध्यक्षमा टेकराज पछाई ४६ मत सहित अग्रस्थानमा रहेका छने भने लालबहादुर महतराले ३८ र दानसिंह परियारले ११ मत पाएका छन् । सचिवमा उमेदवारी दिएका ध्रुवकुमार शाही ६५ मतसहित अघि छन् भने रुद्रबहादुर शाहीले २७ मत पाएका छन् ।




