कर्णाली प्रदेश

एक सय ११ जनालाई लालपुर्जा वितरण गर्ने अन्तिम तयारीमा लेकवेशी गाउँपालिका

काठमाडौं । लेकवेशी नगरपालिका साबिक वडा नं. ४ र ६ मा पर्ने कल्याण र दशरथपुरका एक सय ११ जनाको परिवारलाई स्थायी जग्गाधर्नी पुर्जा (लालपुर्जा) वितरण गर्ने अन्तिम तयारीमा पुगेको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति सुर्खेतले लेखवेशी नगरपालिकासँगको सहकार्यमा लालपुर्जा वितरणको अन्तिम तयारी गरेको हो ।

२०८० असोज ११ गतेको निर्णय अनुसार राष्ट्रिय भूमि आयोग जिल्ला समिति सुर्खेतले एक सय ११ जनाको विवरण सार्वजनिक गरेको छ । यस्तै आयोगले थप वा पुरक प्रमाण तथा कागजातहरु पेश गर्न र कुनै दावि विरोध वा उजुरी भएमा ७ दिनभित्र उजुरी दिन आव्हान गरिएको हो । भूमि आयोग जिल्ला समिति सुर्खेतका अध्यक्ष श्रीधर पौड्यालका अनुसार दावि, विरोध र उजुरीका आधारमा छानविन गरी लेखवेशी नगरपालिकाका एक सय ११ जनालाइ स्थायी जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने भएको हो ।

जिल्ला समिति सुर्खेतले२०८०/०६/११ को निर्णयअनुसार हाल लेखवेशी नगरपालिका वडा नं. ४ र ६ अन्तर्रगत पर्ने साबिक कल्याण र दशरथपुरका एक सय ११ जना व्यक्तिहरुको विवरण सार्वजनिक गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *