बागमती प्रदेश

सुनकोशी गाउँपालिकाको प्रमूख प्रशासकिय अधिकृतमा खड्का नियुक्त

काठमाडौं । सुनकोशी गाउँपालिकाको प्रमूख प्रशासकीय अधिकृतमा युगबहादुर खड्का नियुक्त भएका छन् । युगबहादुर खडकालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक अधिकार सहितको निमित्त प्रमूख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो । विगत तीन महिनादेखी प्रमूख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको काम समेत ठप्प बनेको थियो ।

निमित्त कार्यकारीको जिम्मेवारी पाएका खड्का गाउँपालिकाको प्रशासन शाखा प्रमूखमा कार्यरत थिए । खड्कालाई निमित्तको जिम्मेवारी दिएसँगै तीन महिनादेखी रोकिएको कर्मचारीको तलब भत्ता,वृद्धा भत्ता, विकास निर्माणमा खर्च भएको ठेक्काहरुको भुक्तानी समेत हुने बताइएको छ । खड्कालाई गाउँपालिका भित्र मिलनसार कर्मचारीको रुपमा समेत हेरिएकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *