पर्यटन

काठमाडौँ–नमोबुद्ध टुरिङ्ग र्‍याली १३ असोजमा

काठमाडौं । हरेक वर्ष जस्तै यस वर्षपनि विश्वभरी पर्यटन दिवसको अवसर मा विभित्र कार्यक्रम भइरहेका छन् । यसै दिवसलाई लक्षित गर्दै नेपाल अटोेमोबाइल्स एसोसिएसन (नासा नेपाल) र विमा नेपालको संयुक्त आयोजना र उपत्यका पर्यटन कार्यालय, हातिवन, ललितपुरको सहकार्यमा आउँदो शनिबार काठमाडौँ–नमोबुद्ध टुरिङ ¥याली आयोजना गरिने भएको छ । नासा नेपाल र सो संस्थाका विभित्र क्लबहरुले विगतका वर्षमा पनि पर्यटन प्रवर्धन गर्नेहेतु बिभित्र कार्यक्रम गर्दै आएको छ ।

उपत्यका पर्यटन कार्यालयले बागमती प्रदेशमा रहेका विभित्र पर्यटकिय क्षेत्रको पहिचान गर्नुका साथै प्रवर्धनात्मक कार्य गर्ने र यससंग सम्बंधित संघ संस्थाहरुसंग सहकार्य गर्दै आन्तरिक पर्यटनलाई बढावा दिइरहेको छ । यस वर्ष काठमाडौँ नजिकैको लोकप्रिय गन्तब्य नमोबुद्धसम्म टुरिङ्ग ¥याली आयोजना गरिको हो । करिब सय बढि सहभागी रहने उक्त ¥यालीको मुख्य उद्यश्य युवा तथा मोटरसाइकल चालकहरुलाई आन्तरिक पर्यटनमा जाड्नु रहेका हो ।

सानो हातिवनस्थित उपत्यका पर्यटन कार्यलयबाट बिहान ८ बजेबाट सुरु हुने सो ¥याली कोटेश्वर–सल्लाघारि–सागाँ–बनेपा–धुलिखेल हुदै नमोबुद्ध पुग्नेछ भने पुनः धुलिखेल आएर समापन हुनेछ । ¥यालीको लागि सन्तोष न्यौपाने, सञ्जु बज्रचार्य र मिङ्मा डोल्मा तामाङ रहेको समिति गठन गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *