काठमाडौं । नेकपा एसका पोलिटब्यूरो सदस्य तथा कोशी प्रदेश इन्चार्ज बलदेव चौधरीवरुद्ध भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता भएको छ ।
उदयपुर, त्रियुगा नगरपालिकाका तत्कालीन नगर प्रमुख बलदेव चौधरीसमेत ४ जना उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्धा दायर भएको हो । त्रियुगा नगरपालिकाका कर्मचारीहरुसमेतले आ.व. २०७८÷०७९ मा ढुङ्गा, गिटी, ग्राभेल, रोडा, बालुवा उत्खनन संकलन तथा बिक्री गरी कर उठाउने ठेक्कामा अनुचित कार्यगरी मिलेमतोमा बदनियतपूर्वक राजस्व हानिनोक्सानी गरेको भन्ने उजुरी निवेदन दर्ता भएको छ ।
उक्त विषयमा अनुसन्धान हुँदा त्रियुगा नगरपालिकाका तत्कालीन नगर प्रमुख बलदेव चौधरीले आर्थिक वर्ष २०७८ र ०७९ मा त्रियुगा नगरपालिकाभित्रका बरुवा खोला, त्रियुगा खोला र सुनकोशी नदीको नदीजन्य पदार्थ माटो बाहेकको प्रारम्भिक वातबरणीय परीक्षण प्रतिबेदन स्वीकृत गरेको थियो ।
त्रियुगा नगरपालिकाको नगरस्तरीय राजस्व परामर्श समितिको निर्णयअनुसार आ.व. २०७८र०७९ को लागि नदीजन्य पदार्थको प्रस्ताबित आय प्रक्षेपण गरेकोमा निज नगर प्रमुखकै अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार ढुङगा, ग्राभेल, बालुवा उत्खनन, संकलन, बिक्री कर उठाउने प्रयोजनको लागि न्यूनतम अंक कायम गर्ने निर्णय गरी निजले नगरस्तरीय राजस्व परामर्श समितिको निर्णय तथा क्ष्भ्भ् प्रतिबेदन अनुसारको अनुमानित राजस्व रकमसमेतलाई बेवास्ता गरी मिलेमतोमा ठेक्काको न्यूनतम रकम कायम गरेको कारण बास्तबिक उठाउनु पर्ने राजस्व रकम नउठाई राजस्व चुहावट भएको रु६२ लाख ९१ हजार २०४ रुपैँया २२ पैसा र ठेक्का नै नभएको माटो भरौटे र बलौटे गैरकानूनी ढंगले उत्खनन र बिक्री गर्न दिएको जारी विज्ञप्तीमा उल्लेख छ ।,
प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुऱ्याएको कारण माटो भरौटे र बलौटेको राजस्व रु.१८लाख ४४ हजार १७७ रुपैँया ९४ पैसा चुहावट भएको थाहा पाएपछि उक्त कार्यमा निजले जम्मा ८१ लाख ३५ हजार ३८२ रुपैँया १६ पैसा राजस्व चुहावट गरेकोले निज बलदेव चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (क) र (ख) बमोजिमको कसुरमा बिगो रु ८१ लाख ,३५ हजार ,३ सय ८१रुपैँया १६ पैसा कायम गरी निजलाई सोही ऐनको दफा ७ ले निर्देश गरेबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिमको कैदको सजाय गरी सोही ऐनको दफा ७ बमोजिम चुहावट भएर गरेको राजश्व रकमको दोब्बर रु १, करोड, ६२, लाख ७० हजार ७ सय ६४ रुपैँया ३२ पैसा जरिवाना हुन मागदाबी लिइएको अदालमा दर्ताको पत्रमा उल्लेख गरिएको छ ।






