समाचार

एक पानी उद्योगलाई २ लाख रूपैयाँ जरिवाना

काठमाडौं । बजार अनु्गमनको क्रममा वाणिज्य विभागले टोखाको एक पानी उद्योगलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ ।

विभागका प्रवक्ता पोखरेलका अनुसार नियमित बजार अनुगमनका क्रममा अनुगमन फ्याक्ट्रीमा कैफियत फेला पारेपछि जरिवाना गरिएको हो । कैफियतका बारेमा भने पूर्ण रुपमा खुलाएका छैनन् ।

सोमबार कारबाही गरेपछि विभागले उक्त पानी उद्योगले फर्मको कारबाही विवरणमा रिलेबलिङ वा गुणस्तर हेरेफेर गरेको, परिमाण र मूल्यमा ढाँटेको भन्दै विभागले ६ वटा पानी उद्योगसँग कागजात माग गरेको छ । सोमबार विभागको अनुगमन टोलीले ३४ वटा फरक–फरक क्षेत्रमा बजार अनुगमन गरेको थियो । पिउने पानी उद्योग संघले भने कारोबार पारदर्शी नभएको भन्दै पानी उद्योगमाथि कारबाही गरेको जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *