देश

प्रधानमन्त्री प्रचण्ड छोङछिङमा

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’आज छोङछिङ पुगेका छन् ।

उनलाई छोङछिङमा सो महानगरका उपप्रमुख डाङ यानजेङ र चाङ गउजीले छोङछिङ विमानस्थलमा स्वागत गरे ।

प्रधानमन्त्रीले आज छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्समा पुगी त्यहाँको वैज्ञानिक एवम् आधुनिक कृषि प्रणालीबारे अध्ययन अवलोकन गर्नेछन् । उनका साथमा परराष्ट्रमन्त्री एनपी साउदसहित भ्रमणदलका अन्य सदस्य पनि रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *