समाचार

लाइभ गर्दा बैठकमा छलफल भएका विषय बाहिर गयो : चन्द्र भण्डारी

काठमाडौं।नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले पार्टीको बैठक लाइभ गर्न नहुने बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठकमा उनले लाइभ गर्दा बैठकमा उठेका कुराहरू बाहिर गएकाे बताएका हुन् ।

उनले भने,‘यो केन्द्रीय समितिमा उठेका कुराहरू बाहिर जाने कुरा राम्रो होइन । यो बैठक त रावणको नाभिमा भएको अमृत जस्तै हो ।’

उनले युवा स्वदेशमा नबस्ने हो भने देशलाई ठूलो असर पर्ने बताए । नेता भण्डारीले सुवास नेम्वाङको देहान्त भएपछि उनको अन्त्येष्टि गर्न कुर्नुपर्ने अवस्था आएको उल्लेख गर्दै भोलि अरू यस्तै घटनाले देशलाई राम्रो नगर्ने तर्क गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *