खेलकुद

साफ यू-१९ च्याम्पियनसिप: पहिलो हाफमा नेपालको २-० को अग्रता

काठमाडौँ । साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत अहिले नेपाल र माल्दिभ्सबीचको खेल जारी रहेको छ ।

काठमाडौँको दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपालले माल्दिभ्सविरुद्ध २-० को अग्रता हासिल गरेको छ ।

नेपालका लागि प्रशान्त लक्क्षम र समिर तामाङले एक एक गोल गर्दै नेपाललाई पहिलो हाफमा २-० को अग्रता दिलाएका हुन् ।

यस खेलको ३३औं मिनेटमा नेपाल र माल्दिभ्सका एक एक खेलाडीलाई रेफ्रीले रातो कार्ड दिएपछि दुवै टोली १० खेलाडीमा सिमित भएका छन् । रेफ्रीले नेपालका सुजन डंगोल र माल्दिभ्सका कप्तान मोहमद इयान हसनले रातो कार्ड दिएका थिए ।

सेमिफाइनलमा पुग्न नेपाललाई जित आवश्यक रहेको छ भने माल्दिभ्सले भने बराबरी खेलेमा पनि सेमिफाइनल पुग्न सक्ने अवस्था रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *