समाचार

७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम सिल

काठमाडौं । कालोबजारी गरेको आरोपमा काठमाडौंको सबैभन्दा ठूलो चिनी गोदाम वाणिज्य विभागले प्रतिबन्ध लगाएको छ ।
कुलेश्वरमा रहेको गृहेश्वरी ट्रेडलिंकको गोदाममा कृत्रिम भण्डारण गरेर राखिएको र लेबल अस्पष्ट भएको चिनीको गोदाममा प्रतिबन्ध लगाएको हो ।

विभागका सूचना अधिकारी आनन्दराज पोखरेलका अनुसार चिनीको गोदाम सिल गरेर चिनीको गुणस्तर परिक्षणका लागि पठाइएको छ । करिब ७० हजार किलो चिनी भण्डारण गरेको भेटिएपछि गृहेश्वरी ट्रेडलिंकको चिनी गोदाम सिल गरिएको पाखरेलले जानकारी दिए । उनले अहिले चिनी गोदाम बन्द गरेर परिक्षणका लागि पठाएको बताए ।

व्यवसायी सन्तोष खेतानको उक्त फर्मले उद्योगहरुबाट सस्तोमा खरिद गरेको चिनी काठमाडौंमा बिल बिजकविना नै महँगो मूल्यमा बिक्री गरेको आरोपमा विभागमा उजुरी परेको थियो ।१२७ रुपैयाँ किलो होलसेलमा चिनी बिक्री गरेर खेतानले १०५ रुपैयाँको मात्रै बिल दिने गरेकाे खुद्रा व्यापार संघका अधिकारीहरुहरु बताउँछन् । गोदामबाट ठूलो परिमाणमा दाल पनि बरामद विभागले थप अनुसन्धान गरिरहेको स्रोतले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *