देश

सरकार विस्तार गर्दै मुख्यमन्त्री कार्की

विराटनगर।कोशी प्रदेश सरकार विस्तार हुने भएको छ । मुख्यमन्त्री हिक्मत कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद्मा पाँच जना मन्त्री थप्ने तयारी गरेको जनाइएको छ ।

मन्त्री बन्नेमा मोरङका लीलाबल्लभ अधिकारी, सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, सुनसरीका रामप्रसाद मेहता र धनकुटाका निरन राई नेताहरू चर्चामा छन् । उनीहरु नेकपा एमालेका प्रदेश सभा सदस्य हुन् ।

यसअघि एमालेबाट तिलकुमार मेन्याङ्बो, पिके राई, एकराज कार्की, सिर्जना राई मन्त्री भएका थिए । संविधानको धारा १६८ (३) अनुसार बनेको अल्पमतको सरकारले असोज २० सम्म विश्वासको मत लिइसक्नुपर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *