राजनीति

कांग्रेस नेता खड्का भन्छन्- पार्टीको विधान परिवर्तन गर्नुपर्छ

काठमाडौं।नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.नारायण खड्काले पार्टीको विधान परिवर्तन गर्नुपर्ने धारणा राखेका छन् । उनले पार्टीको विधानलाई परिवर्तन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

सोमबार कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा उनले पार्टीको विधान काम नलाग्ने भएको समेत बताए ।

नेता खड्काले भने,‘अहिलेको हाम्रो विधानले काम गर्दैन । यो १४ जना पदाधिकारी र पार्टीको सभापति सहमतिमा हो या कार्यकारी हो ? यो अर्को दुई वर्ष त जाला साथीहरू तर १५औं महाधिवेशनमा जो साथीहरूको महत्वकांक्षा राख्नुभएको छ । तपाईंहरूले यसलाई नयाँँ तरिकाले लानुस् ।’

उनले पार्टीको विधानलाई कुन तरिकाले लैजाने भन्नेबारे सभापतिले सोच्नुपर्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *